काठमाडौं । नेकपा केन्द्रीय समिति सदस्य विष्णु रिजालले नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई पदलोलुप भन्न नमिल्ने बताएका छन् ।
शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डले पेस गरेका राजनीतिक प्रतिवेदनको प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरूले विरोध गरिरहँदा रिजालले यस्तो प्रतिक्रिया दिएका हुन ।
अरु तर्क गर्न सकिएला, प्रचण्डलाई 'पदलोलुप' भनेको सुहाउँदैन । कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दा स्वीकार नगरेर पार्टी एकता अघि बढाउने र आधा कार्यकालको लिखित सहमतिलाई बीचैमा छाडिदिने व्यक्तिलाई पदलोलुप कसरी भन्न मिल्ला र ? — Bishnu Rijal (@bishnurijal1) November 14, 2020
ख्याल गरौँ– प्रचण्डले साथ नदिएको न विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो, न केपी ओली प्रधानमन्त्री । यति नभइसकेपछि अरु साथीहरुले रोजी–खोजी विभिन्न पद पाउने त सम्भावनै हुन्थेन । त्यसैले जसको सहयोगमा आफू पदमा बसिरहेको छ, उसैलाई 'पदलोलुप'को आरोप लगाउँदा लोकले पत्याउला र ? — Bishnu Rijal (@bishnurijal1) November 14, 2020
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ कार्तिक २०७७, २१ : २७
लेखकबाट थप