काठमाडौं । प्रमुख प्रतिपक्ष दल काँग्रेसका केन्द्रीय नेताहरुको सामुहिक रुपमा कोरोना परिक्षण गरिदैंछ । पार्टी केन्द्रीय कार्यालयमा आज बिहिबार बिहान १० बजेदेखि १ बजेसम्म केन्द्रीय सदस्यहरुको कोरोना परिक्षण गर्न लागेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
काँग्रेस केन्द्रीय समिति बैठक भोलिलाई बोलाईएको छ । पार्टीको आसन्न फागुनमा तय भएको महाधिवेशन कार्यकतालिका संसोधन गर्ने र संसदको बैठक बोलाउन दबाब दिने निर्णयका लागि काँग्रेस केन्द्रीय समिति बैठक भोलिबाट बस्दैछ ।
बैठकमा सहभागी हुने नेताहरुले कोरोना परिक्षण अनिवार्य गर्नुपर्ने नीति बनाएपछि काँग्रेस नेताहरुले पार्टी कार्यालयमा सामुहिक परिक्षण गराउन लागेका हुन् । पार्टी पदाधिकारी सहित केन्द्रीय सदस्य र उनका सहयोगीहरूलाई पिसिआर परिक्षण अनिर्वाय गराएर मात्र बैठकमा सहभागि हुन काँग्रेसले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०७७, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'भिजिट भिसाबाट उतै घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसक्यौँ’ : काँग्रेस
मधेशवादी दल एकजुट हुँदा रुपन्देहीमा काँग्रेसलाई चुनौती पर्न सक्ने निष्कर्ष
कुलिङ पिरियडबारे एमालेका ५ सांसदको संशोधन प्रस्तावप्रति काँग्रेसले जनायो गम्भीर आपत्ति
कांग्रेस पदाधिकारी बैठकमा रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल
कांग्रेस पदाधिकारी बैठक सुरु
कांग्रेस पदाधिकारी बैठक बस्दै