अनसनमा रहेका ‘इनफ इज इनफ’ का अभियन्तालाई भेट्न पुगे देउवा

सफल खबर संवाददाता

शनिबार, १७ साउन २०७७, १८ : ३५
अनसनमा रहेका ‘इनफ इज इनफ’ का अभियन्तालाई भेट्न पुगे देउवा

काठमाडौं । आमरण अनसनमा रहेका ‘इनफ इज इनफ’ का अभियन्तालाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बसन्तपुर पुगेका छन् ।

असार २३ गते सरकार पक्षसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै अभियन्ताहरु अहिले बसन्तपुरमा अनसनरत रहेका छन् । 

अनसनरत युवाहरु भेटेपछि सभापति देउवाले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरे । पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै उनले सरकारले तत्काल आफ्नो प्रतिनिधि पठाएर उनीहरु माग पूरा गर्नेगरी समझादारी गर्न माग गरे ।

उनले भने, ‘‘हाम्रो पार्टीको ऐक्यवद्धता छ । उहाँहरुको मागलाई समर्थन छ । मान्छेलाई मर्न दिनु हुन्न । ओली सरकारले तुरुन्तै मान्छे पठाएर कुरा गरेर अनसनमा बसेका युवाहरुलाई बचाउनुपर्छ । सरकारले शान्तिपूर्ण आन्दोलनकारी माथि धरपकड गरिरहेको छ । यसको घोर भत्र्सना गर्छु।’’

यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विगत १५ दिनदेखि अनसनमा रहेका युवाहरुले उठाउँदै आएका मागहरु देश जनताको हितमा रहेको बताए । सरकारले आफ्ना प्रतिनिधि पठाएर उहाँहरुले उठाएका मागहरु पुरा गर्नुपर्ने बताए ।

सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका मा राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिवद्धता जनाएको थियो ।

कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस