कार्यकक्षमै उपसचिव प्रेम सञ्जेलमाथि हातपात

सफल खबर संवाददाता

शनिबार, १७ साउन २०७७, १७ : २२
कार्यकक्षमै उपसचिव प्रेम सञ्जेलमाथि हातपात

file photo

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै हातपात भएको छ । उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै हातपात भएको हो ।

उनीमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई करारका महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । कार्यकक्षमा प्रवेश गरेका दुई जना कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस