काठमाडौं । सत्तारुढ दल नेकपाका नेताहरुको अहिले कित्ताकाट तिव्र बन्दै छ । खासगरी प्रधानमन्त्री निवास बालुवाटारले स्थायी समिति सदस्यहरुलाई भेट्न बोलाउने र बोलाइएका ब्यक्ति आफ्नो पक्षमा आएको जस्ता गलत प्रचारबाजी तिव्र बनाउन थालिएको छ । स्थायी समिति सदस्यहरु टोपबहादुर रायमाझी, मणि थापा, हरिबोल गजुरेल लगायत नेताहरुले प्रचण्डलाई छोडेको र ति नेताहरु आफ्नो समुहमा आईसकेको दाबी गर्दै बालुवाटारले प्रपोगान्डा मच्चाईरहेको छ ।
ति नेताहरुले बिहीबार साँझ अध्यक्ष प्रचण्डलाई भेटेर प्रचारमा आएजस्तो आफुहरु ओलीको गुटमा नगएको प्रष्टाएका छन् । प्रधानमन्त्रीले बोलाउदा, प्रचण्डले बोलाउदा र माधव नेपालले बोलाउदा भेट्न जानै नहुने भन्ने होइन, तर भेट्न जाँदैमा उनीहरुकै गुटमा लागिसकेको भन्ने होइन, हामी तपाईसँगै छौं, बाहिर कसरी प्रचार हुन्छ ? अचम्मित छौं, प्रचण्डसँगको भेटमा असन्तुष्ट भनिएका एक स्थायी समिति सदस्यले भने ।
प्रचण्डलाई भेटन नेताहरु जर्नादन शर्मा, टोपबहादुर रायमाझी, मणि थापा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल र चक्रपाणी खनाल खुमलटार पुगेका थिए । यसमध्ये रायमाझी र थापा गत १३ गते बालुवाटारमा बसेको पार्टी बैठकमा सहभागी भएका थिएनन् । त्यसपछि ओली पक्षले उनीहरु नै प्रचण्डसँग टाढिएको, प्रचण्डका आफ्नै भन्ने नेताहरुले समेत उनको साथ छोडिसकेको जस्ता प्रचार आफु निकटका केही ब्यक्तिहरुलाई प्रयोग गरेर गर्न खोजीरहेका छन् ।
हाम्रो केही प्रचण्डसँगै पनि गुनासा छन्, तर प्रचण्डलाई छोडेर ओलीतिर गएको या अन्यत्र कसैको गुट र समुहमा गएको भन्ने होइन, हामी प्रचण्डसँग नै छौं, प्रचण्डसँग भेट गर्न पुगेका ६ मध्येका एक नेताले सफलखबरसँग भने, प्रचार प्रपोगान्डाबाट आजित हुन थाल्यौं, हैरान बनाउने भए । कसले गरिरहेछ, यस्तो अनावश्यक प्रचार युद्ध ? प्रचण्डले पनि साँभmको भेटमा खासगरी रायमाझी र थापालाई तपाईहरुले के मेरो साथ छोडिसकेको हो र ? भन्ने जिज्ञासा राखेका थिए । त्यसपछि दुवै नेताले आफुहरु कतै नलागी पूर्व माओवादी धारका नेताहरुसँग सँगै रहेको बताएका थिए ।
प्रचण्डसँगको भेटमा नेताहरुले खुलस्त कुराकानी गरेका थिए । खासगरी उनीहरुले प्रचण्डलाई अहिले पार्टी एकता जोगाउन पहिले भूमिका खेल्नुपर्ने र त्यसपछि मात्र अन्य विषयमा सोच्नुपर्ने गरी आफुहरुले कुरा राख्दा प्रचण्ड छोडेको, अरु नेतातिर लागेको भन्ने प्रचार युद्द गरिएको भन्दै दुखेसो पोखेका थिए । प्रचण्डलाई पार्टी एकता जोगाएर जाने विषयमा मात्र सोच्न सुझाव दिएको स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले बताए ।
‘तपाईहरु (दुई अध्यक्ष) के–कसरी मिल्ने मिल्नुस, तर पार्टी एकता भत्काउन पाउनुहुन्न । कसरी एकता जोगाउने त्यस दिशामा मात्र सोच्नुहोस, हामी कतै अन्यत्र लागेका छैनौं, तलमाथी हुदैन । हाम्रो सुझाव यही छ भन्ने कुरा हामीले राख्यौं,’ रायमाझीले भने, – ‘उहाँ (दाहाल)ले म मेहनत गर्न खोजिरहेकै छु भन्नुभएको छ । अस्ति मिटिङ राख्ने र स्थगित गर्ने कुरामा दुई अध्यक्ष दाँया–बाँया फर्किनुभएको थियो, अहिले अलि छलफल गर्नुपर्छ भन्नेतिर उहाँहरु जाँदै हुनुहुन्छ । हामीले पनि त्यही अनुसारको भूमिका खेल्न खोजिरहेका छौं ।
दुई अध्यक्षका बीचमा सम्वादहिनता बढ्यो
नेकपामा दुई अध्यक्ष ओली र दाहालका बीचमा सम्वादहिनता छ । १३ गते ओली स्थायी समिति बैठक रोक्ने र प्रचण्ड नेपाल समहुले बैठक राख्ने दोहोरी खेलेपछि नेकपा विवाद उत्र्कषमा छ । स्थायी समितिले अब कसरी टुंगो पाउला भन्ने अन्यौलताका बीच प्रचण्ड नेपाल समुहले ओलीसँग समेत सम्वाद गरेर सहमतिमा स्थायी समिति बैठक बोलाउने जिम्मा प्रचण्डलाई दिएपनि दुई दिन यता दुवै अध्यक्ष आ–आफनो निवासमै बसेर आन्तरिक छलफल मात्र व्यस्त छन् । दुवैजना बिच सम्वाद हुन सकेको छैन् ।
तिक्ततापूर्ण बनेको सम्बन्धलाई वार्ताको वातावरणमा ढाल्नका लागि निकट नेताहरुमार्फत प्रयास जारी छ । महासचिव विष्णु पौडेलले बिहिबार प्रचण्ड र ओलीसँग अलग अलग भेट गरेर सम्वादको वातावरण निर्माणका लागि भूमिका खेलीरहेका छन् । दोश्रो तहका नेताहरुले पनि सम्वादको वातावरण बनाउन प्रयास गरिरहेका छन् । सम्भवतः दुई अध्यक्षका बीचमा आज साँझ सम्म सम्वाद हुन सक्ने अनुमान गरिएको छ । तर समय भने अहिलेसम्म टुंगि नसकेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ साउन २०७७, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिको संस्थापन पक्ष माओवादी हो, कांग्रेस–एमाले प्रतिपक्ष हुन् : प्रचण्ड
भोटेकोशी बाढी : उद्धार र राहतका लागि सबै संयन्त्र परिचालन गर्न सरकारसँग प्रचण्डको माग
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौँ : प्रचण्ड
अहिले संसद र न्यायलयमा जे चलिहेको छ , त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन् : प्रचण्ड
संसदीय प्रणाली खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम बन्यो: प्रचण्ड
कुलिङ पिरियडमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड