वीरगञ्ज महानगरपालिका मेयरलाई कोरोना संक्रमण

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०७७, २१ : १७
वीरगञ्ज महानगरपालिका मेयरलाई कोरोना संक्रमण

फाइल तस्विर

काठमाडौं । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं गरिएको परीक्षणमा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी उनले दिएका छन् ।

फ्नो फेसबुकमार्फत भने,  ‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु । काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ ।’

कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उनले बताए ।  वीरगञ्जलाई ग्रिन जोन वनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगञ्जमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस