भुवन केसीविरुद्ध मुद्दा हाल्ने तयारीमा नायिका साम्राज्ञी

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०७७, १४ : ५७
भुवन केसीविरुद्ध मुद्दा हाल्ने तयारीमा नायिका साम्राज्ञी

फाइल फोटो

काठमाडौँ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले उनको डेब्यु फिल्म ड्रिम्सका निर्माता भुवन केसीविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने तयारी गरेकी छिन् ।

साउन ९ गते केसीले साम्राज्ञीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । ‘उहाँले एकदमै बच्चा तरिकाले मुद्दा हाल्नुभयो तर म त्यसरी गर्दिनँ । सबै कुरा बुझेर केस गर्छु,’ साम्राज्ञीले भनिन् ।

भुवनसँगै प्रोडक्सन म्यानेजर गणेश सापकोटाविरुद्ध पनि मुद्दा हाल्ने उनको भनाइ छ । भुवनको निर्देशन र साम्राज्ञीको अभिनय रहेको फिल्म ‘ड्रिम्स’का प्रोडक्सन म्यानेजर सापकोटाले केही दिनअघि एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा साम्राज्ञीलाई ‘रक्सी र नशालु पदार्श खुवाएको’ बताएका थिए । यो अन्तर्वार्ता भुवनले पनि फेसबुकमा सेयर गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस