एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीले भागवान रामको जन्मस्थान नेपालमै हो भनी दिएको बयानको विरुद्धमा भारतमा रहेका नेपालीले दुव्र्यवहार सहनु परेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार नेपालका प्रधानमन्त्री ओलीले रामको जन्मस्थानबारे भ्रम छरेको भन्दै एक नेपाली युवकको कपाल मुण्डन गरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो बोली नसच्चाए अन्य नेपालीले पनि यस्तै दुव्र्यवहार सहनुपर्ने चेतावनीसमेत भारतीय सञ्चारमाध्यममा दिइएको छ ।
प्रधानमन्त्री ओलीको रामको अभिव्यक्तिको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विश्व हिन्दू सेना नामक संगठनले एक नेपाली युवकको कपाल मुन्डन गरेर टाउकोमा जय श्रीराम लेखेको तस्बिर भारतीय सञ्चारमाध्यमले छापेका छन् । उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
ती युवकलाई आफ्नो संगठन र भारतको समर्थनमा नारा लगाउन लगाएको र प्रधानमन्त्री ओलीको विरुद्ध नाराबाजी पनि लगाएको समाचार भारतीय सञ्चारमाध्यममा छापिएको छ । हिन्दूवादी संगठन विश्व हिन्दू सेनाले यस घटनाको भिडियो बनाएर र सामाजिक सञ्जालमा पोष्ट गरेको बताइएको छ । ती दुव्र्यवहार सहनुपरेको नेपाली कुन ठाउँका हुन् र नाम के हो खुलाइएको छैन ।
दुव्र्यवहारपछि ती नेपाली युवकले भारतमा उनलाई रोजगारी प्राप्त भएको र भारतले साहरा दिएको बताएका छन् । ती युवकलाई भारतीय नागरिकले राम नेपालको नभएर भारतको भएको भनी नारा लगाउन बाध्य पारिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ साउन २०७७, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले सम्पत्तिको विवरण सार्वजनिक गर्ने
भारत प्रस्थान गरिन परराष्ट्र मन्त्री डा. राणा
भारत, भुटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिमण्डल शीतल निवासमा
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
भारतको केन्द्रीय बैङ्कले ५ वर्षमा पहिलो पटक रेपो दर घटायो
इंग्ल्याण्डविरुद्धको एक दिवसीय खेलमा भारत विजयी : गिलको शानदार ब्याटिङ