एजेन्सी । बाँदरलाई जन्मकैद दिइएको कहिल्यै सुन्नुभएको छ ? हो, छिमेकी भारतमा यस्तै भएको छ । कानपुर चिढियाघरमा त्यस्तो बाँदर छ, जो आजीवन जेलमा बस्नेछ ।
कालुवा नामको यस बाँदर मिर्जापुर जिल्लाको रैथाने हो । उसले मिर्जापुरमा टोकेका २ सय ५० व्यक्तिमध्ये एकजनाको मृत्यु भइसकेको छ । रिपोर्टअनुसार स्थानीय एक जड्याहाले यो बाँदरलाई पालेका थिए र उनले निरन्तर आफूसँगै बाँदरलाई पनि रक्सी खुवाउँथे।
बिस्तारै कालुवा पनि जड्याहा भयो । जब ती जड्याहा मालिक बिते, त्यसपछि रक्सी नपाएर कालुवा आक्रामक भयो । उसले जथाभावी टोक्न थाल्यो र मिर्जापुरमा आतंक फैलायो । त्यसपछि कालुवालाई पक्रनका लागि बन र चिडियाघरको टोली बोलाइयो ।
ठूलो प्रयासपछि कालुवालाई पक्राउ गरेर कानपुर चिडियाघरमा राखिएको समाचारमा जनाइएकाे छ । ‘हामीले पहिले उसलाई केही महिनासम्म आइसोलेसनमा राख्यौं र अहिले अलग खोरमा कैद गरेका छौं । उसको व्यवहारमा कुनै परिवर्तन देखिएको छैन र ऊ पहिलेजस्तै आक्रामक छ । हामीले उसलाई यहाँ ल्याएको तीन वर्ष भइसकेको छ र अब जीवनभर यहीँ राख्ने निर्णय गरेका छौं,’ चिडियाघरका डाक्टर मोहद नसिरले भने ।
नसिरका अनुसार कालुवा ६ वर्ष भयो र यदी उसलाई स्वतन्त्र छाडियो भने उसले जहाँ भेट्यो त्यही मानिसलाई आक्रमण गर्नेछ । अहिलेसम्म आफ्नो खोर हेर्ने व्यक्तिसँग समेत कालुवा घुलमिल हुन सकेको छैन ।
स्रोत :
https://gulfnews.com/world/asia/india/india-drunk-monkey-to-spend-life-behind-bars-1.1592287077922
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०८ असार २०७७, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँदरमा पहिलाे पटक मानिसमा सर्ने दुर्लभ भाइरस फेला
बाँदर नियन्त्रण गर्ने कानुन बनाउन कानुनमन्त्रीसँग माग
पर्वतको पैंयुँ गाउँपालिकाले बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने
बाँदरले दुःख दिएको भन्दै त्रिपुरासुन्दरीमा पनि रुख काट्ने निर्णय
बाँदर नियन्त्रणका लागि भन्दै वडाध्यक्षले जारी गरे रुख काट्ने उर्दी