मैले र आलीले एकाताबाट पछि नहट्ने संकल्प गरेका छौं : प्रचण्ड

सोमबार, ०१ माघ २०७४, १५ : १५
मैले र आलीले एकाताबाट पछि नहट्ने  संकल्प गरेका छौं : प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्डले एमाले र माओवादीबीच एकताबाट पछि नहट्ने बताएका छन् । कम्युनिष्टहरुको केन्द्र बनाउने प्रस्तावलाई जनताले अनुमोदन गरेको भन्दै अब कार्यान्वयन गर्ने जिम्मा नेतृत्वको भएको बताए ।

तारेभीर महोत्सवको उद्घाटन गर्दै उनले जनतासामू गरिएको संकल्प अनुसार बलियो कम्युनिष्ट केन्द्र बनाएर विकास निर्माणको युग सुरु गर्नु पर्ने बताए । उनले भने, एमाले अध्यक्ष केपी ओली र मैले हामी कुनै पनि मूल्यमा पछि नर्फकने र जनताको आकांक्षा अनुसार अघि बढ्ने संकल्प गरेका छौं ।’
उनले ७० वर्षपछि स्थायी सरकार बन्न लागेकोले सरकार बनेसँगै विकासले गति लिने बताए ।

प्रतिक्रिया दिनुहोस