जसपाको केन्द्रीय निर्वाचन समिति गठन

सफल खबर संवाददाता

मंगलबार, १८ बैशाख २०८१, १६ : ०२
जसपाको केन्द्रीय निर्वाचन समिति गठन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय निर्वाचन तदर्थ समिति गठन गरेको छ ।केन्द्रीय कार्यकारिणी समितिले दिएको अधिकार बमोजिम पार्टीको केन्द्रीय कार्यालय समितिले अधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यहरूमा मनोजकुमार बर्मा, भुवनेश्वर चौधरी, आशा राई र देवनारायण यादव चयन भएका छन् ।

पार्टीले तयार गरेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाले स्वच्छ, निष्पक्ष तथा पारदर्शी ढंगले प्रतिनिधि निर्वाचन गर्न/गराउन आवश्यकता अनुसार केन्द्रमा केन्द्रीय निर्वाचन तदर्थ समिति तथा प्रदेशमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले प्रदेशमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन प्रक्रिया पार्टीको विधान तथा निर्देशिकाअनुसार गराउन प्रदेश निर्वाचन तदर्थ समितिसँग समन्वय गर्ने छ । 

प्रतिक्रिया दिनुहोस