काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा समानीकरण अनुदान पठाउने बताएका छन् । संघीय सरकारले तेस्रो किस्ताको समानीकरण अनुदान कटौती गरेपछि गाउँपालिका राष्ट्रिय महासंघले विरोध गर्दै आइरहेको थियो ।
महासंघ प्रतिनिधिसँग सोमबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तहलाई पठाउने समानीकरण अनुदान रकममा कटौती नगरिने बताएका हुन् । कटौती गरिएको तेस्रो किस्ताको रकम पठाउने उनले बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले महासंघसँग मुख्य सचिव, अर्थ सचिवसँगै भएको भेटमा समानीकरण अनुदान कटौती गर्ने कार्यले परिणाम राम्रो नआउने भन्दै समानीकरण अनुदान नकटाउने र नघटाउने विषयमा गम्भीर रहेको बताएका थिए ।
‘महासंघले समानीकरण अनुदान कटौती गर्दा स्थानीय सरकारको काम प्रभावित भएको विषयमा ध्यानाकर्षण गराएको थियो । त्यसमा प्रधानमन्त्री प्रचण्डले कटौती नगर्ने बताउनुभएको छ,’ महासंघका कार्यकारी अधिकृत राजेन्द्र प्याकुरेलले भने ।
कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिले प्रतिवेदन हस्तान्तरण गरेको कार्यक्रममा महासंघकी अध्यक्ष लक्ष्मी देवी पाण्डेले प्रधानमन्त्री, मुख्य सचिव र अर्थ सचिव लगायतको उपस्थितिमा सरकारको जवाफ माग गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ बैशाख २०८१, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री प्रचण्ड
गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कयौँ गुणा बढी छ : प्रधानमन्त्री प्रचण्ड
विषयगत ज्ञान भएका व्यक्ति मन्त्री हुँदा काम गर्न सजिलो हुन्छ : प्रधानमन्त्री प्रचण्ड
सोमबार बेलुकासम्म सहमति जुट्नेमा विश्वस्त छु : प्रधानमन्त्री प्रचण्ड
लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड