काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । यसअघि संसदीय दल कार्यसमितिको बैठक पनि बसेको थियो ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभामा विरोध गर्दै आएको छ । आज पनि संसद् बैठक बस्ने कार्यसूची रहेकोले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ चैत्र २०८०, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेश गर्न नदिने
काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध
कांग्रेसले रवि लामिछानेलाई संसदमा बोल्न दिने
कांग्रेसको संसदीय दलको बैठक जारी
कांग्रेस संसदीय दलको बैठक बस्दै