काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा पार्टीको भूमिकाबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
बैठक सभापति देउवाको निवासमा सोमबार बिहान ८ बजे बस्दैछ । बैठकमा सहभागिताका लागि वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बोलाइएको उनको सचिवालयले जनाएको छ ।
सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेको भन्दै त्यसबारे छलफल गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध सिर्जना गर्दै आएको छ । कांग्रेसको अवरोधका कारण गृहमन्त्री लामिछानेले संसद्मा सम्बोधन गर्न पाएका छैनन् ।
सभापति देउवाले संसद्मा पार्टीको भूमिकाबारे नेताहरूसँग छलफल गर्न लागेका हुन् । यसअघिको बैठकमा कांग्रेसले संसदीय समिति गठन गर्नका लागि सरकारलाई अल्टिमेटम दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ चैत्र २०८०, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक : कांग्रेस
कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेश गर्न नदिने
काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध
कांग्रेसले रवि लामिछानेलाई संसदमा बोल्न दिने
कांग्रेसको संसदीय दलको बैठक जारी