काठमाडौं । भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्र्वोच्च अदालतले आदेश दिएको हो । साथै उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ ।
भारतमा लोक सभाको चुनाव एक तारिखमा सकिन्छ । त्यही चुनावको प्रचारमा सहभागी हुन उनलाई अदालतले अनुमति दिएको हो । सातचरणको चुनावमध्ये तीन चरणको चुनाव सकिइसकेको छ । नयाँ दिल्लीमा २५ मा चुनाव छ ।
मदिरा सम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा आप पार्टीका नेता केजरीवाल ४० दिनदेखि तिहाड जिलमा बन्द छन् । उनी आज साँझसम्म जेल मुक्त हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ बैशाख २०८१, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
हिक्मतकुमार कार्कीले पाए विश्वासको मत, ५७ जनाको समर्थन
काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मागे विश्वासको मत
कोशी प्रदेश सभाको बैठक सुरु, कांग्रेसले गर्यो बहिष्कार