काठमाडौ । उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बुधबार पनि बस्दैछ ।
मंगलबारको बैठक निष्कर्षविहीन बनेपनि बुधबार पुनः बस्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकमा इलाम–२ मा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवारका रूपमा प्रस्ताव गरेका छन् । तर, सभापति देउवाको उक्त प्रस्तावमा इतरपक्षले असहमति राखेको बताइएको छ ।
इतर पक्षबाट इलाम— २ मा भेषराज आचार्य र बझाङमा जगत जोशीको नाम आएको छ ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दिउँसो २ बजे बैठक बोलाइएको र त्यसपछि संसदीय बोर्डको बैठक बसेर निर्णय अनुमोदन गरिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेश गर्न नदिने
काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध
कांग्रेसले रवि लामिछानेलाई संसदमा बोल्न दिने
कांग्रेसको संसदीय दलको बैठक जारी
कांग्रेस संसदीय दलको बैठक बस्दै