काठमाडौँ । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्र्रप्रसाद फुयालले बालिकालाई वेश्यावृत्तिमा लगाउने प्रयोजनका लागि फागुनदेखि डर र प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको जानकारी दिए । “खाजा घरमा डरमा पारी राखेको अवस्थामा बालिकालाई उद्धार गरेर मगरलाई पक्राउ गरेका हौँ,” उनले भने ।
प्रहरीले पक्राउ मगरलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक फुयालले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १९ चैत्र २०८०, २१ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या प्रकरणः एक आरोपी पक्राउ
त्रिभुवन विमानस्थलबाट सुनसहित एकजना पक्राउ
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ
अवैध रूपमा अमेरिका जान लागेका १० नेपाली केन्यामा बन्धक, गिरोहका तीन सदस्य पक्राउ
पोखरामा ‘मुख्यमन्त्रीको पिए’ हुँ भनेर ठग्ने युवक पक्राउ
करिब एक करोड नगदसहित दरबारमार्गबाट दुई जना पक्राउ