इलाम । इलाम–२ मा वैशाख १५ गते हुने उप निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अझै उम्मेदवार चयन गरेको छैन ।
मतदाताको भावना बुझ्न महामन्त्री विश्वप्रकाश शर्मा आफैं निर्वाचन क्षेत्रमा खटिएका छन् । अहिले मतदाताको आकाङ्क्षा र भावना बुझ्ने काम भइरहेको उनले बताए । ‘हामीले पार्टीका नेता तथा मतदातासँग उम्मेदवार छनोट र कसरी जीत निकाल्ने भनेर छलफल गरिरहेका छौ,’ उनले भने, ‘२० गतेसम्म उम्मेदवारको टुंगो लगाउँछौ ।’
एमालेले भने उम्मेदवार टुंग्याएर मैदानमा पठाइसकेको छ । सत्ता गठबन्धन मै रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि उम्मेदवार उठाउने भएका छन् । एमालेले इलाममा सुवासका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ ।
इलाम क्षेत्र नम्बर २ को राजनीतिक अवस्था बुझ्न प्राध्यापकहरू खटाइएको शर्माले बताए । ‘हाम्रो अवस्थाको अध्ययन गर्न प्राध्यापकहरूलाई खटाएका छौं । उहाँहरूले १९/२० गतेतिर अध्ययनको प्रतिवेदन हामीलाई बुझाउनुहुन्छ । अनि हामी उम्मेदवारको टुंगो लगाउँछौ,’ उनले भने ।
कांग्रेस कोशी प्रदेश समितिले इलाम २ को उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ चैत्र २०८०, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेश गर्न नदिने
काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध
कांग्रेसले रवि लामिछानेलाई संसदमा बोल्न दिने
कांग्रेसको संसदीय दलको बैठक जारी
कांग्रेस संसदीय दलको बैठक बस्दै