इलाम । आगामी वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलाम जिल्ला समितिले उम्मेदवारको नाम प्रदेश समितिमा सिफारिस गरेको छ।
संघीय उपनिर्वाचनका लागि राप्रपा इलामको जिल्ला कार्यसम्पादन समितिको बैठकले क्रमशः लक्ष्मी गुरुङ, यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम उम्मेदवारको रूपमा प्रदेशमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले बताए।
बैठकमा राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख राम थापा, कोशी प्रदेश सभासद् गोपाल गजमेर र हल्दिबारी गाउँपालिकाका अध्यक्ष तथा राप्रपा इलाम क्षेत्र नं. २ उपनिर्वाचनका संयोजक रवीन्द्र लिङ्देन समेत उपस्थित थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीलाई बजेट दिन नसक्ने भए सरकार छोड्नुस् हामी चलाउँछौँ’ : ज्ञानेन्द्र शाही
काठमाडौं केन्द्रित प्रदर्शनको समीक्षा गर्दै राप्रपा
४० बुँदे मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन, ४ हजारभन्दा बढी प्रहरी परिचालन
राप्रपाको प्रदर्शनमा झडप
देश चलाउने मौका हामीले पाए भ्रष्टाचारीमाथि डोजर चलाउँछौँ : राजेन्द्र लिङ्देन
राप्रपा सहायक महामन्त्री बलायरसहित तीन नेता निलम्बन