काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमै रहने की बाहिरने भन्ने विषयमा अन्योलमा परेको देखिएको छ ।
बुधबार पत्रकार सम्मेलन गरेर सरकारमै रहने बताए पनि उनको आगामी योजना स्पष्ट देखिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा जसपा नेपाल फुटाइएको स्पष्ट भएपछि पनि उपेन्द्र यादवले सरकार छोड्ने साहस गर्न सकेनन् । उनले जसपा नेपालले वैकल्पिक गठबन्धन बनाउन थालेको कुप्रचार गरेर पार्टी बिभाजन गरिएको बताए पनि सरकारमा रहने या बाहिरिने भन्ने बारे अन्योलमै रहेको देखिए । उनले पत्रकार सम्मेलनमा आफुहरु सरकारमै रहेको बताउदै नयाँ दल गठनको प्रक्रिया असंबैधानिक रहेको जिकिर गरे । उनले यसका लागि अदालत जाने पनि बताए ।
तर सत्ता समीकरणकै प्रमुख दलका नेताहरुको अग्रसरतामा आफ्नो पार्टी विभाजित भएपछि उपेन्द्रका आगामी दिन सत्ता सहकार्यको हिसाबले सहज देखिएका छैनन् ।
उनी अमेरिका भ्रमणमा रहेको बेला यता दल बिभाजन गरेर हतार हतार प्रमाण पत्र समेत दिइएको अवस्थामा उनी फर्किएपछि सरकारबाट अलग हुन्छन् भन्ने अनुमानको विपरित हुने सरकारमै रहने र आफु अर्को गठबन्धन बनाउन नलागेको स्पष्टीकरण दिइरहे ।
प्रतिनिधिसभामा १२ सांसद भएको जसपा नेपालका ७ जना सांसदसहित अशोक राईले जसपा गठन गरेपछि उपेन्द्रको संसदमा हैसियत कमजोर बनेको छ । उनले आफू विदेश भ्रमणमा गएका बेला नयाँ समीकरण बनाउने हल्ला चलाएर विभाजन गरिएको आरोप लगाए ।
राई नेतृत्वले प्रतिनिधिसभाका ७ सांसद लिएर गएपनि मधेश प्रदेशमा भने उपेन्द्र यादवकै पकड देखिने भएको छ । मधेश प्रदेशबाट वीरगन्ज महानगरका मेयर राजेश सिंह राई नेतृत्वमा गएका छन् भने प्रदेशसभाका सांसदले भने अहिलेसम्म उपेन्द्र यादवलाई नै साथ दिएको देखिन्छ ।
उपेन्द्रले केन्द्रमा हैसियत घटे पनि मधेश प्रदेशमा आफ्नो पकड कायम राख्न समेत अलिकति डिफेन्सिभ देखिएको विश्लेषण गरिएको छ । केन्द्रमा सत्ताबाट हट्नासाथ मधेस प्रदेशको सरकार समेत जाने सक्ने भएकाले उनले ठोस निर्णय लिन समय लिएको बुझ्न सकिन्छ । १०७ सदस्यीय मधेश प्रदेशमा जसपा नेपालका १९ सांसद छन् ।
मधेशको प्रदेश सभामा जसपा नेपाल तेस्रो ठुलो दल हो । अहिले एमाले- माओवादीसहितको गठबन्धनमा जसपाले सरकारको नेतृत्व गरिरहेको र केन्द्रमा सरकार छोड्ने बित्तिकै मधेसको सरकार ढल्ने देखिन्छ ।
जसपा नेपालले कांग्रेससँग गठबन्धन गरेपनि बहुमत पुर्याउन जनमत पार्टी वा एकीकृत समाजवादीको समर्थन आवश्यक पर्दछ । मधेशमा जनमत पार्टी र जसपा नेपाल आमने सामने रहेकाले तत्काल एक ठाउमा आउने सम्भावना देखिदैन । सोहि कारणले पनि उपेन्द्र यादव डिफेन्सिभ देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाको इजलासमा
प्रधानमन्त्रीको विश्वासको मत रोक्न सर्वोच्च पुगे उपेन्द्र यादव
पार्टी विभाजनविरुद्ध सर्वोच्च गए उपेन्द्र यादव (पूर्णपाठसहित)
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र दीपक कार्कीले दिए राजीनामा
गैरकानूनी ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरियो, अदालत जान्छौँ : उपेन्द्र यादव
भरतपुर अस्पतालको अनुगमनपछि स्वास्थ्यमन्त्री यादव भन्छन् - जनअपेक्षाअनुसार सेवा दिन सकिएको छैन