काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदको वेल घेराउ गरेको छ । शुक्रवारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै कांग्रेस सांसदहरुले संसदको वेल घेराउ गरेका हुन् ।
उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरी वेल घेराउ गरेका हुन् । कांग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बस्नेगरी स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक : कांग्रेस
कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेश गर्न नदिने
काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध
कांग्रेसले रवि लामिछानेलाई संसदमा बोल्न दिने
कांग्रेसको संसदीय दलको बैठक जारी