काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र नेपालका लागि रुसका राजदूत एलेक्सेइ ए नोभिकोभबिच बिहीबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित खेलकुदमन्त्री लिम्बूको कार्यकक्षमा भएको भेटमा सन् २०२४ को मार्चमा रुसको कजानमा आयोजना हुने ‘गेम्स अफ फ्युचर’ का साथै खेलकुदका विविध पक्षबारे छलफल भएको थियो ।
राजदूत नोभिकोभले ‘गेम्स अफ फ्युचर’ मा नेपालको सहभागिताबारे यकिन हुन चाहेको बताउँदै गेम्सको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको समय मिले त्यसको तयारी गर्न रुस तयार रहेको बताएका थिए ।
भेटका क्रममा खेलकुदमन्त्री लिम्बूले नेपालररुसबिचको लामो र सुमधुर सम्बन्धलाई यस्ता कार्यक्रमले अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै ‘गेम्स अफ फ्युचर’ मा सहभागितका लागि आफूहरु गम्भीर रहेको बताएका थिए ।
खेलकुद मन्त्रालयका सचिव र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले गेम्सको विविध पक्षबारे जानकारी लिएका थिए । सो अवसरमा सन् २०२४ को मार्चमा रुसकै सोचीमा आयोजना हुने विश्व युवा महोत्सवमा नेपालको सहभागिताबारे पनि कुराकानी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ कार्तिक २०८०, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसभित्र उपलब्धिमूलक प्रशिक्षणको अभाव देखियो : मन्त्री लिम्बु
सरकारले युवा नीति परिमार्जन गर्दैछ : मन्त्री लिम्बू