काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका अध्यक्ष मोहन बैद्य किरणसँग भेटघाट गरेका छन् । नेता बैद्यलाई भेट्न साह उनको निवासमा पुगेका हुन् । सो क्रममा देशको समसामयिक विषयमा छलफल भएको बताईएको छ ।
आजपाले देशलाई सही दिशामा अघि बढाउनको लागि अग्रगमनकारी शक्तिहरुबीच सहकार्य गर्नुपर्ने बताउँदै आएको छ । सोही सन्दर्भमा अध्यक्ष साहले आज पूराना अग्रज एवम् सहयोद्धा नेतासँग आज भेटवार्ता गरेको आजपाका नेताहरुले जनाएका छ्न । अध्यक्ष साह जनताका माग र मुद्दाप्रति संवेदनशील छन् । उनी अहिलेको संविधानले देशलाई निकास दिन नसक्ने निश्कर्षमा पुगेका छन् । यस वर्षको संविधान दिवसको अवसरमा आजपाले संविधानको शव यात्रासमेत निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भन्सारबाट उठेको राजस्व रकम सदुपयोग होस् : अध्यक्ष साह
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
इलाम–२ मा डकेन्द्रसिंह थेगिमलाई सहयोग गर्ने आजपाको निर्णय
संविधान परिमार्जन गर्न जरुरी छ : प्रभु साह
जसको जति बढी पहुँच छ, त्यति नै भ्रष्टाचार र लुट चलिरहेको छ : प्रभु साह
देशलाई ठोस निकास दिन वर्तमान सरकार असफल : प्रभु साह