कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले क्रान्ति र आन्दोलनबाट प्राप्त सङ्घीय शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादोन्मुख संविधान, सामाजिक न्यायलगायतका उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री अधिकारीले कम्युनिष्ट आन्दोलनलाई थप सुदृढ पार्न वैचारिक, सैद्धान्तिक, साङ्गठनिक र भावनात्मक एकता चाहिने बताए ।
“प्राप्त उपलब्धिको रक्षा गर्दै पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्नु हामी सबैको दायित्व हो”,शुभकामना सन्देशमा उल्लेख छ । मुख्यमन्त्री अधिकारीले देश र जनताको मुक्तिका लागि जीवनोत्सर्ग गर्ने सहिद तथा आन्दोलनमा योगदान गर्नेप्रति सम्मान प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ बैशाख २०८०, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त
मुख्यमन्त्री अधिकारी विरुद्धको मुद्दामा आज अन्तिम बहस हुँदै
पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्यमन्त्री अधिकारी
कृष्ण धितालले गरे ३० जनाकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा
गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत
राप्रपाले गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने