काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । उनले आज अहिले केही बेरमा बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।
प्रदेश सभामा दुई सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई विश्वासको मत नदिने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले गण्डकीको सरकारलाई विश्वासको मत नदिने जानकारी दिएका छन् ।
गत चैत २५ मा नेकपा एमाले गण्डकी संसदीय दलका नेता अधिकारीले मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएको मुख्यमन्त्री अधिकारीले उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
उनलाई एमालेका २२, माओवादीका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे) को समर्थन छ । प्रदेश सभामा काँग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।
६० सदस्यीय प्रदेशमा सभामुखलाई गणना नगर्दा ३० बहुमत पुग्ने एमालेको दाबी छ । राप्रपाले साथ दिँदा ३० लाई नै बहुमत मानेर जाने एमालेको तयारी छ । काँग्रेसले भने बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक हुने बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ बैशाख २०८१, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृष्ण धितालले गरे ३० जनाकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा
गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत
गण्डकीका मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने
उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिकको सेवासुविधा बढ्छ : मुख्यमन्त्री अधिकारी
गण्डकीमा चुमानलाई अर्थ र मनाङेलाई पूर्वाधार मन्त्रालयको जिम्मेवारी
मन्त्रालय फुटाएर ९ पुर्याउने गण्डकी सरकारको निर्णय