नुहाउने क्रममा डुबेर दुईको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २४ फागुन २०७९, १० : २५
नुहाउने क्रममा डुबेर दुईको मृत्यु

बाँके । कोहलपुर नगरपालिका –१३ बन्दास्थित नहरमा नुहाउनेक्रममा डुबेर मंगलबार दिउँसो २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका –१२ बस्ने १५ वर्षीय अनिल भट्टराई र १५ वर्षीय मनसुन बराल छन् ।

नुहाउने क्रममा डुबेर नहरमा वेपत्ता भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूको उद्धार गरी मेडिकल कलेज कोहलपुर पठाएको थियो । उपचारको क्रममा दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस