५ अर्ब बराबरको नागरिक बचत पत्र निष्काशन हुँदै, ८ प्रतिशत ब्याज

सफल खबर संवाददाता

विहीबार, २७ बैशाख २०८१, ०७ : ४६
५ अर्ब बराबरको नागरिक बचत पत्र निष्काशन हुँदै, ८ प्रतिशत ब्याज

काठमाडौ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ अर्ब बराबरको नागरिक बचत पत्र निष्काशन गर्ने भएको छ ।

पाँच वर्ष अवधिको उक्त बचत पत्रमा ८ प्रतिशत ब्याज दिइने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । 

अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने उक्त बचत पत्रका लागि घटीमा रु १० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ । 

बचतपत्र वैशाख ३० देखि जेठ ३० सम्म खुला हुनेछ भने निष्काशनको मिति असार ४ गतेका लागि तोकिएको छ । जसको सावाँ भुक्तानी २०८६ असार ४ गते भुक्तानी हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस