पाल्पामा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, १५ जना घाइते

शुक्रबार, १८ जेठ २०७५, १२ : ३१
पाल्पामा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, १५ जना घाइते

पाल्पा । पाल्पाको रम्भादेवी गाउँपालिका वडा नम्बर ४ हुमिनमा शुक्रबार भएको बस दुर्घटनामा कम्तिमा  १२ जनाको मृत्यु भएको छ ।  तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा थप   १५  जना घाइते भएका छन् ।  ११ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि पाल्पा लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।   दुर्घटनामा परी घाइते लार्इ उद्धार गरी अस्पताल लगिएको छ । मृतक मध्ये ११ को सनाखत भएको छ ।

लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूलाई लिएर तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु २ ख ९७५ नम्बरको बस शुक्रबार बिहान करीब ९ बजे दुर्घटनामा परेको हो । बस सडकबाट झन्डै १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा २७ जना सवार थिए । प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा उद्धार कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस