घुससहित मालपोत कार्यालय चितवनका कार्यालय सहयोगी पक्राउ

विहीबार, १७ जेठ २०७५, १३ : ०७
घुससहित मालपोत कार्यालय चितवनका कार्यालय सहयोगी पक्राउ

काठमाडौं । मालपोत कार्यालय चितवनमा कार्यरत कार्यालय सहयोगी शंकरप्रसाद धिताल घुस सहित पक्राउ गरेका छन् । लालपुर्जा र फिल्डको क्षेत्रफल मिलान गरिदिने प्रयोजनको लागी सेवाग्राहिसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको कार्यालय हेटौंडाबाट खटिएको टोलीले धिताललाई नियन्त्रणमा लिएको हो ।

घुस बापतको ३५ हजार नगद लिइसकेको अवस्थामा मालपोत कार्यालय परिसरबाटै पक्राउ परेका धितालमाथि थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस