सुनकाण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीद्वारा अदालतमा आत्मसमर्पण

विहीबार, १७ जेठ २०७५, १२ : २६
सुनकाण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीद्वारा अदालतमा आत्मसमर्पण

मोरङ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो । आत्मसमर्पण गरेका खत्रीको बिहीबारदेखी नै थुनछेक बहस शुरु हुने बताइएको छ ।

प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो । यसअघि नै अदालतले पक्राउ परेका पूर्व डिआईजी गोविन्द निरौला, बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकारराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायका अधिकांश प्रतिवादीलाई  पुर्पक्षका लागि जेल चलान गरिसकेको छ  । यस्तै गोरे पनि जेल चलान भएका छन् ।

प्रतिक्रिया दिनुहोस