सत्तापक्षकै सांसद हृदयेस त्रिपाठी भन्छन्,- नेपाली सेनासँग काठमाडौं– निजगढ फास्ट ट्र्याक बनाउने क्षमता छैन

विहीबार, १७ जेठ २०७५, १२ : २०
सत्तापक्षकै सांसद हृदयेस त्रिपाठी भन्छन्,- नेपाली सेनासँग काठमाडौं– निजगढ फास्ट ट्र्याक बनाउने क्षमता छैन

काठमाडौं । सांसद हृदयेश त्रिपाठीले नेपाली सेनासँग काठमाडौं– निजगढ फास्ट ट्र्याक बनाउने क्षमता नै नभएको दाबी गरेका छन् ।  प्रतिनिधि सभा बैठकमा आजबाट सुरु भएको बजेटमाथिको छलफलमा भाग लिदै सांसद त्रिपाठीले नेपालको विकास खर्च गर्न सक्ने संयन्त्र गतिलो नभएकाले विकास खर्च गर्ने प्रकृया बदल्न आग्रह गरे । ‘गैरबजेटरी खर्च रोक्न आग्रह गर्छु यसले विकृति ल्याउने भएकाले त्यो रोक्नुपर्छ ।’
सांसद त्रिपाठीले निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई ‘तेस्रो लिंगी कार्यक्रम’को संज्ञा दिए । सरकारले रकम बनाएर ४ करोड पुर्‍याए पनि कार्यक्रम छनोट गर्न संघीय र प्रदेशसभाका सांसद तथा स्थानीय जनप्रतिनिधि रहेको समिति बनाउने व्यवस्था गरपेछि सांसद त्रिपाठीले चर्को विरोध गरेका हुन् ।

उनले करदाताको संख्या बढाउनुुपर्नेमा करको दायरा बढाएको पनि बताए । ‘५ लाखलाई रोजगारी दिने कुरा अलि अपत्यारीले हो कि भन्ने लाग्छ । काठमाडौ उपत्यकामा मेट्रो उपयुक्त हुन्छ । मनोरेल वाहियात हो ।’
त्यस्तै त्रिपाठीले फास्ट ट्रयाक नेपाली सेनाको नेतृत्वमा बन्नै नसक्ने दावी गरे । उनले भने सेनाको नेतृत्वमा फास्ट  ट्रयाक बन्नै सक्दैन, यसमा सरकार गम्भीर बनोस । सेनाको क्षमता नै छैन ।’
उनले बैंक व्याज खाने संस्था मात्रै भएको भन्दै मनोमानी ब्याज बढाउने बैंकहरुमाथि राष्ट्र बैंकले हस्तक्षप गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस