विषालु सर्पको टोकाइबाट किशोरीको मृत्यु

विहीबार, १७ जेठ २०७५, ०८ : ४०

लहान । विषालु सर्पको टोकाइबाट सिरहाको कल्याणपुर नगरपालिका–६, भोक्राहामा एक किशोरीको मृत्यु भएको छ । कमला नदीको बगरमा तारबुजा टिप्न गएको बेला विषालु सर्पले टोक्दा स्थानीय ततरा मियाँकी १६ वर्षीया छोरी अमिदा खातुनको मृत्यु भएको कल्याणपुर नगरपालिका–६ का वडाध्यक्ष मोतिबुल राइनले जानकारी दिनुभयो ।

विषालु सर्पको टोकाइबाट सिकिस्त भएकी अमिदालाई उपचारका लागि अस्पताल लैजान खोजिए पनि तत्कालै एम्बुलेन्सको व्यवस्था नहुँदा उपचारको अभावमा मृत्यु भएको वडाध्यक्ष राइनले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस