कालीगण्डकीमा पौडी खेल्दा बालक बेपत्ता

बुधबार, १६ जेठ २०७५, ०८ : ३०
कालीगण्डकीमा पौडी खेल्दा बालक बेपत्ता


पाल्पा ।  कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् ।

रामपुर नगरपालिका–४ देवीस्थान बस्ने ११ वर्षीय मिलन नेपाली मंगलबार दिउँसो कालीगण्डकीस्थित कोप्चेघाटमा साथीहरुसँगै पौडी खेल्ने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले बताउनुभयो । बेपत्ता बालकको अहिले खोजी कार्य भइरहेको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस