नेविसंघको अर्धनग्न प्रदर्शन

मंगलबार, १५ जेठ २०७५, २१ : १८
नेविसंघको अर्धनग्न प्रदर्शन

काठमाडौँ । नेपाल विद्यार्थी संघले हत्याको आरोपमा जेल सजाय भोगेका बालकृष्ण ढुंगेललाई सरकारले आममाफी दिएको भन्दै आज कपडा खोलेर (नग्न) प्रदर्शन गरेको छ ।

नेविसंघले उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेल सजाय भोगिरहेका पूर्वसभासद् ढुंगेललाई आममाफी दिएको विरोधमा नग्न प्रदर्शन गरेको हो ।

प्रदर्शनमा नेविसंघका अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार अधिनायकवादतर्फ लागेको आरोप समेत लगाए ।

आइतबार मन्त्रिपरिषद्को बैठकले ढुंगेलसहित ८१६ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस