उत्पादकत्व वृद्धिका लागि सकारात्मक : नेता नेपाल

मंगलबार, १५ जेठ २०७५, २० : ५८
उत्पादकत्व वृद्धिका लागि सकारात्मक : नेता नेपाल

काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले रोजगार सिर्जना र उत्पादकत्व वृद्धिका लागि सरकारको बजेट सकारात्मक रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, ‘बजेट राम्रो छ । पूर्वाधार विकास, ऊर्जा, पर्यटन, स्वास्थ्य, रोजगार, कृषिलाई प्राथमिकता दिइएको छ । रोजगार सिर्जना र काम दिने उल्लेख गरिएको छ । जनशक्ति र उत्पादकत्व बढाउने विषयमा केन्द्रित छ ।’ रासस

प्रतिक्रिया दिनुहोस