बालकृष्ण ढुंगेल जेलमुक्त

मंगलबार, १५ जेठ २०७५, १० : १३
बालकृष्ण ढुंगेल जेलमुक्त

काठमाडौँ । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोप लागेका बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना कैदीहरुले सजाय माफी पाएका छन् । 
गणतन्त्र दिवसका अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीहरुको सजाय माफी दिएकी हुन् । उनीहरुलाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिइएको हो ।

सर्वोच्चको आदेशले कर्तव्य ज्यान मुद्दामा ढुंगेल १४ कात्तिक ०७४ देखि जेल चलान भएका थिए । ढुंगेलले सोही मुद्दामा यसअघि सात वर्ष जेल सजाय बिताइसकेका छन् । उनी मंगलबार जेलमुक्त भएका हुन् । शुभचिन्तक र आफन्तले खादा लगाएर उनकाे  स्वागत गरेका छन् । उनको स्वागतको लागि देवी खड्का लगायत तत्कालीन  माओवादी नेताहरु कारागार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस