बलात्कार आरोपमा आठवर्ष कैद

मंगलबार, १५ जेठ २०७५, ०९ : ०२
बलात्कार आरोपमा आठवर्ष कैद

इलाम । १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका इलाम नगरपालिका–९ का २० वर्षीय सुरेन्द्र सार्कीलाई जिल्ला अदालत इलामले सोमबार आठ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको इजलासले जबर्जस्ती करणी महलको ३ (२) बमोजिम आठवर्ष कैद र रु १० हजार पीडितका नाममा क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

सार्कीले पीडित बालिकालाई घुमाउन लैजाने बहानामा एक वर्ष अघि होटलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस