वीरेन्द्र क्याम्पसको अखिल क्रान्तिकारीमा न्यौपानेको नेतृत्व

मंगलबार, १५ जेठ २०७५, ०७ : ३४
वीरेन्द्र क्याम्पसको अखिल क्रान्तिकारीमा न्यौपानेको नेतृत्व

चितवन । अखिल क्रान्तिकारीले चितवनले आफ्नो संगठन विस्तारलाई यतिबेला तिव्रता दिइरहेको छ । यसैक्रममा मध्य नेपालको केन्द्रको रुपमा परिचित वीरेन्द्र बहुमखुी क्याम्पसमा विक्रम न्यौपानेको अध्यक्षतामा ४९ सदस्यीय मूल इकाई समिति गठन गरिएको छ ।

मूल इकाई कमिटी पुनर्गठन भेलाले उपाध्यक्षमा प्रफुल्ल निरौला, सचिव कोपिला अधिकारी, सह–सचिव रञ्जित मगराती र कोषाध्यक्षमा निकिता शर्मालाई चयन गरिएको जनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी चितवनका नगर इन्चार्ज दुर्गा सुवेदी प्रमुख अतिथि रहेको सो भेलामा पार्टीका डीसिएम भरत न्यौपाने, १० नं. वडाध्यक्ष मधु क्षेत्री, अखिल क्रान्तिकारी चितवनका उपाध्यक्ष सुसन चितुने, विद्यार्थी नगर इन्चार्ज सुदीप पौडेललगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि सुवेदीले पार्टीले लिएको उद्देश्य पूरा गर्न विद्यार्थीहरु अग्रसर हुनुपर्नेमा जोड दिँदै क्रान्तिको मूल आधार नै विद्यार्थी भएको बताउनुभयो । सो अवसरमा नगर इन्चार्ज सुवेदी तथा विद्यार्थीका जिल्ला उपाध्यक्ष सुसन चितुनेले विद्यार्थीहरुलाई प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम निर्वतमान इकाई सचिव विक्रम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस