गृहमन्त्री वादल भन्छन्, : अपराधिक गतिविधिमा संलग्नहरुको काउनडाउन सुरू

सोमबार, १४ जेठ २०७५, १८ : २९
गृहमन्त्री वादल भन्छन्, : अपराधिक गतिविधिमा संलग्नहरुको  काउनडाउन सुरू

चन्द्रागिरी । गृहमन्त्री रामवहादुर थापा बादलले देशमा गुण्डा, तस्कर र अपराधिक गतिविधिमा संलग्नहरुको  काउनडाउन सुरू भएको बताएका छन् । राजधानीको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ ले आयोजना गरेको फ्रि वाईफाई वडा घोषणा कार्यक्रममा वोल्दै गृहमन्त्री वादलले  देशमा अराजकता,दण्डहीनता भष्ट्राचार,लागुऔषध तस्करी गुण्डागर्दि जस्ता समाजको लागि बीष भएका कारण त्यस्ता व्यत्तिहरूको काउनडाउन सुरू भएको बताए ।

 उनले सुशासन विना विकास  र समृद्धि हुन नसक्ने बताउदै आर्थिक अनियमितता गर्ने गराउने र भष्ट्राचारीहरूलाईसशक्त रुपमा कारबाही गर्ने बताए ।  उनले भने, ‘आर्थिक क्रान्ति,साँस्कृतिक क्रान्ति गर्ने वेला आएको छ, दलालीतन्त्र र सिन्डिकेटलाई अन्त्य नगरेसम्म विकास सम्भाव छैन । सरकार विकास गर्न प्रतिव्धता गर्न तयार छ ।’
मन्त्री थापाले वैदेशिक रोजगारीका दलाल   सुन तस्कर ,घुस खोर  सिन्डिकेटधारीहरूलाई कारबाही अगाडि वढाईसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस