गोरेको बयान : सुन तस्करीमा प्रहरी र ठूला नेताकै मिलेमतो छ

आइतबार, १३ जेठ २०७५, १८ : ५२
गोरेको बयान : सुन तस्करीमा प्रहरी र ठूला नेताकै मिलेमतो छ

काठमाडौँ ।  चुडामणि उप्रेती गोरेले सुुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गरेका छन् ।  जिल्ला अदालत मोरङमा दिएको ३७ पृष्ठ लामो बयानमा उनले सुन तस्करीबारे धेरै कुरा खोलेका छन् । उनले जिल्ला अदालत मोरङमा दिएको बायनमा प्रहरी सेटिङको मुख्य नाइके श्याम खत्री भएको खुलासा गरेका छन् । गोरेले खत्रीले ड्राइभर र अंगरक्षकको प्रयोग गरेर आफूले चढ्ने सरकारी गाडीमा सुन ओसार्ने गरेको बताएका हुन् ।

गोरेका अनुसार सुनबाहिर निकाले बापत ५० हजार आफै बुझ्ने गर्थे । यो लाइनबाट ४ सय देखि ५ सय किलोसम्म सुन आएको उनको दाबी छ । यसबाहेक अन्य प्रहरीले सुन ओसारेको आफूलाई थाहा नभएको पनि बताएका छन् ।‘विकास राज खनाल, गोविन्द निरौला र सञ्जय बहादुर राउतले सुन बाहिर ल्याउने काम गरेनन् । सुन तस्करीमा सहयोग गरेनन्,’ गोरेको भनाई छ ।

उनले आफू कुनै नाइके नभएको बरु आफूभन्दा ठूलो मृत्तक सनम शाक्य रहेको दाबी गरेका छन् । उनको भनाई अनुसार आफू छिरिङ वालिङ घलेको लाइनमा बसेर भारतीय ब्यापारीको काम गर्ने सामान्य मानिस मात्र हुन् ।

‘छिरिङले नै माथिसम्म मिलाउँथ्यो,’ उनले भनेका छन्, ‘एयरपोर्टबाहिरको डिआइजीबाट श्याम खत्रीसँग लाइन मिलाएका थिए ।  गोविन्द निरौलालाई मैले लाइन मिलाइदिनुपर्दा गाली गरे । धन्दा छाड्न भने ।’ उनले एयरपोर्टबाट आएको सुन छिरिङका मानिसले बुझेर लाने पनि बयानमा उल्लेख गरेका छन् ।

उनले विमानस्थलका कर्मचारी सानु बनले सुन बाहिर ल्याएबापत प्रतिकेजी ३५ हजारसम्म पाउँथ्यो । उनले नै एयरपोर्टको सेटिङ मिलाउँथ्यो । गोरेका अनुसार थाई एयर र फ्लाई दुबईबाट दुबईबाट सुन आउँथ्यो । सुन दुबईबाट आउने थाहा भए पनि कसले पठाउने आफूलाई थाहा नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस