ओखलढुंगामा टाटासुमो दुर्घटना, १ जनाको मृत्यु, ८ जना घाइते

आइतबार, १३ जेठ २०७५, १७ : ०५
ओखलढुंगामा टाटासुमो दुर्घटना, १ जनाको मृत्यु,  ८ जना घाइते

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका २ मा टाटासुमो दुर्घना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर एक बालकसहित ८ जना घाइते भएका छन् ।  आईतबार मध्यान्ह प्राप्चाबाट सदरमुकाम आउदै गरेको ना १ ज ५५६२ नम्बरको टाटा सुमो अन्दाजी सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाईते भएकाहरुलाई उपचारका लागी सामुदायिक अस्पताल मिसनमा ल्याउने क्रममा एकजनाको मृत्यु भएको ओलखढुंगा प्रहरी प्रमुख अनन्तराम शर्माले बताए । मृत्यु हुनेमा मोलुङ गाउँपालिका २ का १८ बर्षीयय रविन बिक रहेको उनको भनाई छ । दुर्घटनामा परी घाइते हुनेहरुमा १५ महिनाको बच्चासहित मोलुङ २ की जमुना खत्री, बर्ष १६ का बिष्णु विक, १७ बर्षीय अशोक विक र सोही स्थानका सवारी चालक अमृत विक रहेका छन् ।

त्यस्तै सिद्धिचरण नगरपालिका ६ का १५ बर्षीय पासाङ् लक्की शेर्पा, मोलुङ ७ का ३१ बर्षीय पदम बिक र खिजिदेम्बा गाउँपालिकाका बर्ष २८ का साङ्गे शेर्पा रहेका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको सामुदायिक अस्पताल मिसनमा उपचार भैरहेको छ । दुर्घटना गाडीको ब्रेक फेल भई भएको अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस