सकियो गोरेको बयान, आजै बहस हुने

आइतबार, १३ जेठ २०७५, १६ : १६
सकियो गोरेको बयान, आजै बहस हुने

चितवन ।  तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या मुद्दाका मुख्यअभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’को बयान आइतबार सकिएको छ । उनीसँग जिल्ला अदालत मोरङले चार दिन बयान लिएको हो ।  जिल्ला अदालतको बन्द इजलासमा बुधबारदेखि भएको बयान आइतबार मध्यान्हमा सकिएको हो ।

आजै केहीवेर पछि थुनछेक बहस थालिने जिल्ला अदालत स्रोतले जनाएको छ ।  बयानका क्रममा गोरेले आफू नै सुन तस्करीको मुख्य मान्छे नभएको बताएका छन् ।

जिल्ला न्यायाधिवक्ता पुण्य पाठकले सरकारको पक्षमा र वकिल यमबहादुर मगरले गोरेका पक्षमा बहस गर्ने भएका छन् । बहसपछि आजै फैसला आउने सम्भावना रहेको जिल्ला अदालत स्रोतले जानकारी दिएको छ ।

उनको बयान अदालतका कर्मचारीले ३७ पन्नामा सारेका छन् । गोरे लगायतको समूहले करिब ३८ क्वीन्टल सुन तस्करी गरेको अभियोग लागेको छ । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस