बसले ठक्कर दिएर मृत्यु भएका मृतकको सनाखत हुन सकेन

शनिबार, १२ जेठ २०७५, २० : ५१
बसले ठक्कर दिएर मृत्यु भएका मृतकको सनाखत हुन सकेन

धनगढी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको बल्मी सडकखण्डमा गए राति ना ६ ख ५१०० नं को बसले ठक्कर दिएर घाइते भएका से १ प ४४६५ नं को मोटरसाइकलका चालकको सेती अञ्चल अस्पतालमा मृत्यु भएको छ ।

अन्दाजी ३० वर्षका मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी कैलालीको गौरीगंगा नगरपालिकाको चौमाला बजार नजिक बेहोस अवस्था फेला परेका ३० वर्षीय अर्का पुरुषको पनि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीले बेहोस अवस्थामा फेला परेका ती व्यक्तिको उद्धार गरी सेती अञ्चल अस्पताल पु¥याएको थियो । मृतकको सनाखन हुन नसकेको जनाइएको छ । मृतकको शव सेती अञ्चल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस