गैरकानुनी तवरले केरुङ पुगेका तिब्बती पक्राउ

शुक्रबार, ११ जेठ २०७५, १८ : २५
गैरकानुनी तवरले केरुङ पुगेका तिब्बती पक्राउ

रसुवा । गैरकानुनी तवरले गलत बाटो प्रयोग गरीमाथि रसुवा प्रहरीले अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार थुमनको मालालगढीतर्फ हिमाली बाटो प्रयोग गरी केरुङ पुगेका अभियुक्तलाई केरुङ प्रहरीले पक्राउ गरी रसुवा सीमा प्रहरीलाई बुझाएको छ ।

उनलाई गलत बाटो हिँडाउन सहयोग गर्ने एक नेपालीलाई समेत नियन्त्रणमा लिइएको प्ररहीले जनाएको छ । अभियुक्त दुवैको नाम सार्वजनिक गरिएको छैन । अभियुक्त तिब्बती भारतबाट आएको भन्ने सम्म जानकारी भएको प्रहरी निरीक्षक सिलवालले जानकारी दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस