पेट्रोलियम पदार्थको मूल्यबृद्धि र पार्टी सभापति देउवा विरुद्ध नेविसंघको प्रर्दशन

शुक्रबार, ११ जेठ २०७५, १८ : ०७
पेट्रोलियम पदार्थको मूल्यबृद्धि र पार्टी सभापति देउवा विरुद्ध नेविसंघको प्रर्दशन

काठमाडौं  ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थ लगायतमा बढाएको मूल्य बृद्धिको विरोध गर्दै सरकारबिरुद्ध प्रर्दशन गरेको छ ।  पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि तत्काल फिर्ता गर्न माग गर्दै संघले काठमाडौंमा सरकारविरुद्ध प्रर्दशन गरेको हो । मूल्य बृद्धि फिर्ता गर्नुपर्ने लगायतका माग राखि सरकारबिरुद्ध आन्दोलन गर्नु परेको संघका नेता मोती भण्डारीले बताए ।
त्यस्तै संघले पार्टी सभापति शेरबहादु देउवालाई खबरदारी गरेका छन् । उनीहरुले विधानसम्मत तरिकाले पार्टी र भातृ संगठनहरु चलाउन देउवा र सरकारलाई दबाब दिनका लागि विरोध कार्यक्रमको आयोजना गरेको बताए ।

विश्वभाषा क्याम्पसबाट शुरु भएको जुलुस रत्नपार्क पुगेर सकिएको थियो ।  प्रदर्शनमा उनीहरुले पार्टी सभापति देउवालाई गुट मात्र नचलाउन चेनावनी दिएका व्यानरहरु प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस