काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय क्रिकेट श्रृंखला लागि अमेरिका जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको विदाई गरिएको छ ।
शनिबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलगायत क्यान पदाधिकारी हरूले टीमको विदाई गरेका हुन् ।
कार्यक्रममा बोल्दै क्यानका अध्यक्ष चन्दले नेपाल विश्वकप छनोटको अघिल्लो चरणमा प्रवेश गर्नेमा आफू विश्वस्त रहेको बताए ।‘एकदिवसीय मान्यता कायम राख्न यो श्रृंखला निकै महत्वपूर्ण छ,’ अध्यक्ष चन्दले भने, ‘यस श्रृंखलासँगै नेपाल आइसिसी विश्वकप क्रिकेट लिग २ को अघिल्लो चरणमा प्रवेश गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
यस्तै, युवा तथा खेलकुदमन्त्री गहतराजले नेपालले विगतका कमिकमजोरी सुधार्दै राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए ।‘नेपालले उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छु । विगतको कमिकमजोरीलाई सुधार्दै राम्रो प्रदर्शन गर्नेछ भन्ने मेरो विश्वास छ,’ मन्त्री गहतराजले भने । विदाई कार्यक्रममा कप्तान सन्दीप लामिछानेले अमेरिका जानुभन्दा त्यहाँको प्रदर्शन महत्वपूर्ण रहेको बताए ।
‘यो श्रृंखला हाम्रो लागि निकै महत्वपूर्ण छ । अमेरिका जानुभन्दा त्यहाँ गर्ने प्रदर्शन मुख्य उपलब्धी हो,’ सन्दीपले भने, ‘लिग २ अब हामीले २४ खेल खेल्न बाँकी छ र अहिले टिम पनि सन्तुलित छ । लिग २ मा धेरैभन्दा धेरै अंक जोड्दै विश्वकप सम्भावनालाई कायम राख्न चाहन्छौं ।’
यस्तै, नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले टिम सन्तुलित रहेको र लिगको चौथो स्थानमा उक्लिने आफूहरुको लक्ष्य भएको बताए ।
‘
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ जेठ २०७९, १५ : २२
लेखकबाट थप