आँधीखोलामा डुबेर एक जनाको मृत्यु

शुक्रबार, ११ जेठ २०७५, १६ : ४३
आँधीखोलामा डुबेर एक जनाको मृत्यु

स्याङ्जा । आँधीखोलामा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको भिरकोट– ३ रिजुका ६५ वर्षीय खोंचबहादुर खत्री रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
आज बिहान घरबाट औषधि लिन बयरघारी बजारतर्फ आउने क्रममा आँधीखोलामा उनी मृत अवस्थामा फेला परेका हुन् ।
स्वास्थ्य परीक्षणका लागि उनको शव वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइँदै छ । (रासस)

 

प्रतिक्रिया दिनुहोस