मन्त्री विष्ट भन्छन्,- सरकारको सय दिन उपलव्धीपूर्ण

शुक्रबार, ११ जेठ २०७५, १६ : १८
मन्त्री  विष्ट भन्छन्,- सरकारको सय दिन उपलव्धीपूर्ण

काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारको सय दिन उपलब्धिपूर्ण रहेको दाबी गरेका छन् । मन्त्री विष्टले यातायात क्षेत्रको सिन्डीकेट अन्त्य गर्ने, छिमेकसँगको सम्बन्धलाई सुमधुर बनाउने लगायतका काम गरेर छोटो समयमै सरकारले उल्लेखनीय काम गरेको दावी गरेका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले सय दिनमै जनताको जीवनस्तरलाई माथि उठाउन आवश्यक कदम चालेको दावी समेत गरे । मन्त्री विष्टले पूर्वाधार विकासमा गति दिएर सरकारले मुलुकको समृद्धिको आधार तय गर्ने कामलाई उच्च प्राथमिकता दिएको पनि बताए । मन्त्री विष्टले सरकारले नेपाली जनतालाई सुःखी बनाउने सन्देश अन्तराष्ट्रिय समूदायलाई दिन सफल भएको पनि दावी गरे ।

प्रतिक्रिया दिनुहोस