चितवनमा दुई छुट्टाछुट्टै स्थानमा दुर्घटना, एकको मृत्यु, आठ घाईते

शुक्रबार, ११ जेठ २०७५, १४ : ०८
चितवनमा दुई छुट्टाछुट्टै स्थानमा दुर्घटना, एकको मृत्यु, आठ घाईते

चितवन । चितवनको दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन् । विहिवार राति पूर्वी चितवनको राप्ती नगरपालिका–११ थकलटार भन्ने स्थानमा ना ६ त १९५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा ट्याक्टरमा सवार राप्ती ११ बस्ने वर्ष ६३ का हरिलाल सिङतानको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएका छन् । 

त्यस्तै विहिवार मध्यरातमा काठमाण्डौबाट राजबिराज तर्फ जांदै गरेको ना ५ ख ४४०१ नम्बरको बस रत्ननगर–९ स्थित पूर्व–पश्चिम राजमार्ग सडकमा अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किएर पल्टिदा बसमा सवार मध्ये ६ जना घाईते भएका छन ।

सबै घाईतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस