काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को ६ असारमा हुने निर्वाचनका लागि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका पंकजविक्रम नेम्वाङ समूहले उम्मेदवारी दर्ता गराएको छ ।
वर्तमान वरिष्ठ उपाध्यक्ष नेम्वाङले अध्यक्ष पदमा शुक्रबार नै उम्मेदवारी गर्दा गराइसके पनि उनको प्यानलका अन्यले आज (बुधबार) निर्वाचन समितिमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
नेम्वाङ पक्षको उम्मेदवारी घोषणा कार्यक्रममै वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्कालाई उठाउने घोषणा गरिएको थियो । त्यहीअनुसार खड्काले बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको निर्वाचन समितिको कार्यालयमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए ।
यसैगरी चार उपाध्यक्ष पदका लागि नेम्वाङ प्यानलबाट एनआरटी क्लबका सुन्दरनरसिंह जोशी, काठमाडौं जिल्ला फुटबल संघका विराटजंग शाही, प्लानिङ ब्वाइज युथ क्लबका दावा लामा र धादिङ जिल्ला फुटबल संघका दीपक खतिवडाले उम्मेदवारी दर्ता गराए ।
१३ खुल्ला सदस्य पदका लागि ललितपुर जिल्ला फुटबल संघका पुरुषोत्तम थापा, भोजपुर जिल्ला फुटबल संघका प्रविण सुवाल, रौतहटका नेपाल कार्की, धनुषाका तपेश्वर राउत, काभ्रेका विकासनारायण श्रेष्ठ, जावलाखेल युथ क्लबका महेन्द्र क्षेत्री र मनाङ मर्स्याङदी क्लबका विजय घलेले आजै उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
नेम्वाङ प्यानलबाट यसअघि नै बाँके जिल्ला फुटबल संघका भोजराज शाही, सुर्खेत जिल्ला फुटबल संघका रविन्द्र चन्द र कैलाली जिल्ला फुटबल संघका अनिल मल्लले सदस्यमा उम्मेदवारी दर्ता गराइसकेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ जेठ २०७९, १६ : ३२
लेखकबाट थप